रौतहट । हिन्दुहरूको महान पर्व दिपावली र छठ नजिकिँदै जाँदा रौतहटका बजारहरूमा किनमेल गर्ने सर्वसाधारणको भीड बढ्न थालेको छ । चन्द्रनिगाहपुर, गौर, गरुडा, समनपुर, कटारिया लगायतका प्रमुख व्यापारिक केन्द्रहरूमा बिहानदेखि बेलुकीसम्म ग्राहकहरूको चहलपहल देखिएको छ । पर्व नजिकिएसँगै बजारमा लत्ताकपडा, मिठाई, सिंगारका सामग्री, दिप, माला र सजावटी वस्तुहरूको बिक्रीमा उल्लेख्य वृद्धि भएको व्यापारीहरूले बताएका छन् । व्यापारीहरू पनि ग्राहकको भीडसँगै सामान बिक्रीमा व्यस्त देखिएका छन् ।