जनकपुरधाम,२९ असोज । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह जनस्वराज पार्टी (जस्वपा) मा सनाखत गर्न निर्वाचन कार्यालय पुगेका बेला झडप भएको छ।

सिंहसँगै जनमत पार्टीका पूर्व वनमन्त्री त्रिभुवन साह पनि नयाँ जनस्वपामा सनाखत गर्न जनकपुरस्थित निर्वाचन कार्यालय पुगेका थिए। त्यही क्रममा उनीहरूलाई जनमत पार्टीका नेता तथा कार्यकर्ताले रोक्न खोज्दा सामान्य झडप भएको हो।

जनमतका कार्यकर्ताले सिंह सवार गाडीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। तर, सुरक्षाकर्मीहरूले तत्काल हस्तक्षेप गरी गाडी तोडफोड हुनबाट जोगाएका थिए।

घटनापछि केही समय तनाव सिर्जना भए पनि सुरक्षाकर्मीको उपस्थितिले अवस्था नियन्त्रणमा आएको जनाइएको छ।