रौतहट,२१ कार्तिक । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अवस्था बालमको निधन भएको छ। उनी केही समयदेखि काठमाडौँस्थित केएमसी अस्पतालमा उपचाररत थिए। उनको गए राती २:३० बजेको समयमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। राजपुर बम काण्डका मुख्य अभियुक्तका रूपमा जेलमा रहेका आलम केही समय पहिला जेलबाट छुटेका थिए। जेलबाट छुटे लगत्तै स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पतलमा उपचाररत थिए। उनको सब अहिले काठमाडौँबाट गृह जिल्ला रौतहट ल्याइँदैछ। आज दिउँसो राजपुर स्थित उनकै गाउँमा उनको मुस्लिम धर्म अनुसार अन्तिम संस्कार गरिने बताइएको छ ।








