मधेश प्रदेशमा नयाँ राजनीतिक मोड आयो, जब प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई अचानक मुख्यमन्त्री नियुक्त गर्दै होटेलमै शपथ गराइन्।

पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेताका हैसियतले यादवलाई आइतबारकै मिति राखेर सोमबार बिहानै बर्दिबासस्थित पानस होटेलमा शपथ गराइएको हो।
भण्डारीले आइतबार नै यादवलाई नियुक्ति पत्र जारी गरेकी थिइन्।

यसअघि विश्वासको मत सुनिश्चित नदेखिएपछि सोनलले प्रदेशसभामै राजीनामा घोषणा गरेका थिए।
उनको राजीनामापछि प्रदेश सरकारले रातारात नयाँ नेतृत्व पाएको हो।