श्रीराम–जानकी विवाह महोत्सवको विशेष तयारीसँगै जनकपुरधामका सम्पूर्ण संस्थागत विद्यालय तीन दिनका लागि बन्द हुने भएका छन्। प्यावसन, एन–प्यावसन र हिसान जनकपुरधामले आइतबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै मङ्सिर ८ गतेदेखि १० गते (तीन दिन) सम्म विद्यालय बन्द रहने जानकारी दिएका छन्।

विवाह महोत्सवको भीड व्यवस्थापन तथा श्रद्धालु भक्तजनहरूको सुविधालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ। विवाह महोत्सवमा भारतका विभिन्न राज्यबाट समेत ठूलो सङ्ख्यामा भक्तजन जनकपुरधाम आउने भएकाले विद्यालय भवनहरूलाई वासस्थानका रूपमा प्रयोग गर्न पनि अनुरोध गरिएको छ।

साथै विद्यालयहरूले शौचालय तथा खानेपानीको सहज व्यवस्था मिलाइदिन अपिल गरेका छन्।