अशोक पहाडी

रौतहट,१६ मङ्सिर । रौतहटको प्रमुख व्यापारिक केन्द्रहरूमा चल्ने ई रिक्सा नम्बर प्लेट नहालिकनै थोत्रा भइसकेका छन् । तर ट्राफिक प्रहरीले त्यस विषयमा ध्यान दिएको छैन । नम्बर प्लेट बिना नै गुड्ने इलेक्ट्रोनिक रिक्साले कुनै दुर्घटना गरिहालेमा उनीहरूले सहजै उन्मुक्ति पाउने देखिन्छ । किनकि ती इलेक्ट्रोनिक रिक्साको अगाडि पछाडि नम्बर प्लेट नै छैन। रौतहटको चन्द्रनिगाहपुरमा सोरुम रहेको tress इन्टरनेसनलले बिक्री वितरण गरेको अधिकांश ई रिक्सामा नम्बर प्लेट नै छैन। चन्द्र निगाहपुर स्थित ट्रेस इन्टरनेसनलका एक कर्मचारीले आफूहरूले ट्राफिक प्रहरीलाई मिलाएको र बाटोमा नरोक्ने भन्दै उधारोमा रिक्सा बेच्ने गरेको पाइएको छ।