रौतट २२ मङ्सिर । रौतड जिल्लाको प्रमुख व्यापारिक बजार चन्द्रनिगाहपुरमा रातिको समयमा चोरीका घटना बढेको छ। गए राती चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेको विपिन पण्डितको फलफुल पसलमा चोरी भएको छ। चोरीका घटना बढेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले रातिको समयमा गस्ती बढाएको डिएसपी रुपा लाबुङको भनाइ रहेको छ ।