रौतहट,५ पुस । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले वेबारिसे अवस्थामा फेला परेको मोटरसाइकल र मोबाइल फोन सम्बन्धित धनीलाई सुरक्षित रूपमा हस्तान्तरण गरेको छ।
प्रहरीका अनुसार मिति २०८२।०९।०४ गते राति करिब १०ः३० बजे नियमित गस्तीमा खटिएको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका–४ स्थित देउराली चोक नजिक वेबारिसे अवस्थामा रहेको मधेश प्रदेश ०३–०३३ प ४११७ नम्बरको मोटरसाइकल र एउटा आइफोन १४ प्रो मोबाइल फोन फेला पारेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै सामग्री सम्बन्धित सवारी तथा सामग्री धनीलाई बुझाइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी रुपा लाबुङले नागरिकको सुरक्षा तथा सम्पत्तिको संरक्षणमा प्रहरी सधैं सजग र प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सर्वसाधारणले शंकास्पद वा वेबारिसे वस्तु देखेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत आग्रह गर्नुभयो।