रौतहट, १९ पुस — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर ३ बाट कुन्दन कुशवाको एकल नाम सिफारिस गरिएको छ।
शनिबार सम्पन्न क्षेत्रीय भेलाले संघीय सांसद पदका लागि कुशवाको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो। क्षेत्रीय भेलामा सहभागी नेताहरूले कुशवालाई उपयुक्त उम्मेदवारको रूपमा अघि सार्दै सर्वसम्मत निर्णय गरेका थिए।
रौतहट क्षेत्र नम्बर ३ का स्थानीय नेता एक्रामुल हकका अनुसार क्षेत्रीय भेलाबाट कुशवाको नाम एकल रूपमा सिफारिस गरिएको हो। उनले पार्टी संगठन सुदृढीकरण र जनअपेक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जानकारी दिए।
अब क्षेत्रीय तहबाट सिफारिस भएको नाम माथिल्ला पार्टी कमिटीमा पठाइने र अन्तिम निर्णय केन्द्रीय नेतृत्वबाट हुने बताइएको छ।








