रौतहट, १९ पुस।
आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले रौतहट क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य अजय कुमार गुप्ताको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
शनिबार सम्पन्न क्षेत्रीय भेलाले प्रतिनिधिसभा सदस्यका लागि एमालेको तर्फबाट गुप्तालाई एकल नाममा सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गर्दै केन्द्रमा सिफारिस गरेको हो।
क्षेत्रीय भेलामा सहभागी नेताहरूले पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र विगतदेखि सक्रिय राजनीतिक भूमिकालाई आधार मानेर गुप्तालाई उपयुक्त उम्मेदवार ठहर गर्दै एकमतले नाम सिफारिस गरेको जनाइएको छ।
अब अन्तिम निर्णय भने पार्टीको केन्द्रीय नेतृत्वबाट हुने एमाले रौतहटले जनाएको छ।








