रौतहट ३० पुष । रौतर र सर्लाहीको बीच भएर बग्ने बागमती खोलामा करेन्ट लगाएर माछा मारिने क्रम रोकिन सकेको छैन। स्थानीय प्रहरी प्रशासनकै मिलेमतोमा बागमती खोलामा करेन्ट लगाएर जलचर मारिने क्रम रोकिन नसकेको स्थानीयले बताएका छन् । खोलामा करेन्ट लगाउँदा माछा मात्र नभई अन्य जलचरहरू नै मर्ने भएका कारण यो कार्य तत्काल रोक्नुपर्ने स्थानीय स्तरमा आवाज उठ्दै आएको छ।








