सर्लाही, ३ माघ — सर्लाहीको धनकौल गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। धनकौल गाउँपालिका–५ हरकठवा गोठमा शुक्रबार साँझ ना ४ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय उमेश महतोकी १० वर्षीया छोरी गौरीकुमारी महतोको मृत्यु भएको हो।
बाटोमा हिँडिरहेका बेला ट्याक्टरले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन्। घाइते अवस्थामा उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो। तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
बालिकाको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ। दुर्घटनापछि ट्याक्टर इलाका प्रहरी कार्यालय हरकठवा र चालक इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएस