काठमाडौं, ७ जेठ । देशभर हाल पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव कायम रहेकाले तराई–मधेशका अधिकांश जिल्लामा गर्मी बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज तराई क्षेत्रमा दिउँसो अत्यधिक गर्मी महसुस हुने सम्भावना रहेको छ भने केही पहाडी भू–भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।
मौसमविद्का अनुसार मधेश प्रदेशसहित तराईका जिल्लामा तापक्रम क्रमशः वृद्धि हुँदै गएको छ। चर्को घामका कारण जनजीवन प्रभावित बन्न थालेको छ भने दिउँसोको समयमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ।
विभागले कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य वर्षासँगै हिमपातको समेत सम्भावना रहेको उल्लेख गरिएको छ








