पर्सा,२० असार / वीरगन्जको गहवावाट एच.डी टेक्नोलोजी प्रा लिको नाममा विजेन्द्र प्रसाद चौरसस्याले स्थायी लेखा पेन नबर लिई करोडौ ठगी गरेका आरोपमा आज उनि सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा वीरगन्जका विजेन्द्र प्रसाद चौरसस्या ,युवराज भटराई दिनेश कहार रहेका छन ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिए अधिकृत भानुभक्त बराल,जिल्ला हुलाक कार्यालयका सरोज प्रसाद पौडेल,आन्तरिक राजश्वकार्यालयका उदयराम केसी र जिल्ला प्रहरी कार्यालयका अजुन कुमार अधिकारीको सयुक्त टोलीले अबेध कारोबारक गरि करोडौ रुपैया राजश्व चुहावट गरेको सुचनाको अधारमा छपामारी गरेका हुन ।
टिभी सेटपबक्समा बिना काड वीरगन्जभरी टिभी चायनल प्रसारन गरि करोडौ रुपैया राजश्व चुहावट गरेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको आन्तरिक राजश्वकार्यालयका उदय राम केसीले बताएका छन । १ वर्ष देखि हाम्रो टिभी च्यानलको सेटपबक्स प्रयोग गरि मैक्स टिभी च्यानल प्रशारण गरी हजारौ ग्राहकसंग ३ सयको दरले पैसा उठाएर बिल समेत नदिई करोडौ रुपैया राजश्व चुहावट गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन ।
वीरगन्जको गहवावाट एच.डी टेक्नोलोजी प्रा लि नाममा संचालित रहेको कन्टोल प्रसारन रुममा सिल गरि आवसेक कागजाद ७ वटा बैंकको चेक तथा केही उपकरन प्रहरीले लिएर गएका छन ।
युवराज भटराई केहिदिन पहिला वीरगन्जमा कलबाईपास काण्डमा जेलसजाय खेपिसकेका छन ।