चन्द्रपुर,११ भदौ / रौतहटमा राजनितिसंगै केही नेताहरुले ब्यावसायीक कृषि कर्मलाई समेत अगाडी बढाउदै आएका छन् । नेकपाका नेता तथा पूर्व सभासद देवेन्द्र पटेलले जिल्लाको बृन्दावन नगरपालिकामा पाडा र माछा पालन गरेर राजनिति र कृषि कर्मलाई एकै साथ अगाडी बढाएका छन् । उनले ८२ वटा पाडा र माछा पालन गरेका छन् । युवा नेता अब्दुल वाहिद (वाहिद अन्सारी कृषि कर्ममा व्यस्त छन् । रौतहट जिल्लाका नेकपा नेताहरु कृषि फर्म नै दर्ता गरी केरा, माछा, फलपूmल तथा पशुपालनमा उनीहरू जुटेका छन् । नेता अन्सारीको चन्द्रनिगाहपुर चोकबाट ३ किलोमिटर दक्षिणमा चन्द्रपुर लाइभस्टक प्रालि सञ्चालनमा छ । उनले तीन वर्षदेखि चन्द्रपुर नगरपालिका, वडा नं ६ महादेव मन्दिरस्थित अढाई विघा जमीन भाडामा लिएर कृषि फार्म सञ्चालन गरेका हुन् । २०५७ सालदेखि नेकपा माओवादीमा लागेर राजनीतिमा संघर्ष गर्दै आएका नेता वाहिद अन्सारीले पार्टीले लिएको नीतिअनुसार आफूले व्यवसाय थालेको बताउछन् । पहिलो संविधानसभाको निर्वाचनमा एमालेका नेता माधवकुमार नेपाललाई रौतहट क्षेत्र नं ६ बाट पराजित गरी चर्चामा आएका पूर्व सभासद देवेन्द्र पटेल दोस्रो संविधानसभाको निर्वाचनमा पराजित भएपछि कृषि कर्मतर्फ लागेका हुन् । राजनीति सामाजिक सेवा मात्र रहेकाले कृषि कर्मले समस्या नहुने उनीहरू बताउछन् । रौतहट क्षेत्रनं ४ का पुर्व सांसद रामकुमार भट्टराई समेत पछिल्लो समय चन्द्रनिगाहपुरमै कृषि कर्ममा ब्यस्त रहेका छन् । खेतमा कोदार चलाउदै गरेको,पानी पटाउदै गरेको को तस्बिर सामाजिक संजाल फेसबुकमा अपलोड गर्ने भट्टराई पछिल्लो समय खेतीपातीमै ब्यस्त रहेका छन् । पुर्व नेकपा एमालेका जिल्ला सचिव तथा हालको नेकपाका जिल्ला सदस्य तुलसीराज गिरी पनि राजनितिसंगै माछा पालन ब्यावसायमा सक्रिय रहंदै आएका छन् । उनी नेपाल मतस्य ब्यावासयी संघको केन्द्रीय अध्यक्ष समेत हुन । नेकपा जिल्ला सदस्य उपेन्द्र साहले आफ्नै गाउमा कुखुरा फर्म संचालन गरेका छन् भने नेकपा जिल्ला अध्यक्ष कमल यादवले केही समय पहिला सम्म पाडा पालन ब्यावसाय गरेका थिय । नेकपाका नेता देबेन्द्र यादव माछा पालन ब्यावसायमा सक्रिय रहेका छन् ।