चन्द्रपुर,२० कार्तिक / जिल्लाको चन्द्रपुर नगरपलिकाका कर्मचारी र जनप्रतिनिधिको गैर जिम्बेवारीको पराकाष्ठा बढदै जान थालेको छ । हाकिम देखी पियन सम्म समयमा कार्यालयमा नबस्ने गरेका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ । मंगलबार बिहानैबाट भत्ता आउने एक कार्यक्रममा सहभागिहुन पियन देखी हाकिम सम्म र भएभरका जनप्रतिनिधि पशुपती गेष्ट हाउसमा हिडेपछि नगरपालिकामा काम लिएर गएका सेवाग्राही रित्तोहात फर्कन बाध्य भएका थिए । आफ्नो गुनासो सुन्ने कोही नभेटेपछि मंगलबार रेल पिडितहरुले नगरपालिकाको कार्यालयमा ताला लगाउन बाध्य भएका थिए । तला खोल्नका लागि समेत जनप्रतिनिधिको साटो कर्मचारीले पिडित किसानसंग बाता गर्नु परेको थियो । चन्द्रपुर नगरपालिकाका कर्मचारीनै हुल बाधेर भत्ता आउने कार्यक्रममा हामफालेपछि दिनभरी नगरपालिकाबाट सर्बसाधारणले पाउने सेवा पाउन सकेनन् । जनप्रतिनिधिले वास्ता नगरेका कारण कर्मचारीको मनोमानी यतीसम्म बढेको छ कि करारमा काम गर्ने कर्मचारीका नाममा लाखौको चेक काटेर पैसा निकासा हुने गरेको छ । स्थानीयले काममा चासो नदिने कर्मचारी माथि कडा कार्वाही गर्नुपर्ने बताउदै आएका छन् ।