चन्द्रपुर,२६ कार्तिक / जिल्लामा रहेको एक सामुदायीक वनका अध्यक्षनै काठ चोरीमा संलग्न रहेको पाईएको छ । काठ चोरी तस्करीमा सामुदायीक वनका पदाधिकारी वन कर्मचारीको मिलेमतो रहने गरेको रहस्य खुलेको हो । जंगलसहिया सव वन डिभिजन कार्यालयको मातहतमा रहेको अंजुमन सामुदायीक वनका अध्यक्ष मुन्ना भन्ने सभुन देवाननै काठ चोरीमा संलग्न रहेको वन कार्यलयले पक्राउ गरेकी एक महिलाले रहस्य खोलेकी हुन । केही दिन पहिला जनजुमन सामुदायीक वनमा काठ चोरी तस्करी गर्न गएका समुह मध्यबाट एकजना महिला पक्राउ परेपछि उनले वन कार्यालयका कर्मचारीलाई दिएको नाम अनुसार सामुदायीक वनका अध्यक्ष देवान सहित अन्य दुईजना काठ चोरी तस्करीमा संलग्न रहेका हुन । जंगलसहिया वनका अधिकृत बिमल ठाकुरले यतीबेला पक्राउ परेकी ति महिलाको बयानका आधारमा सामुदायीक वनका अध्यक्षलााई पक्राउ गर्नुपर्नेमा उल्टो अध्यक्ष देवानलाई उन्मुक्ति दिने खेलमा लागेको समाचारस्रोतले बताएको छ । काठ चोरी गर्न जंगल गएकी ती महिलालाई पक्राउ गरेर महिला तथा बालबालिका सेल गरुडामा पठाएको डिभिजन वन कार्यालयले जनाएको छ । वनमा पक्राउ परेकी ती महिलाले सामुदायीक वनका अध्यक्षलेनै काठ चोर्न पठाएको बयान दिएको भएपनि साहायक वन अधिकृत बिमल ठाकुरले अध्यक्ष देवानसंग माटो रकम लिएर बचाउने खेलमा लागेको समाचारस्रोतको दाबी रहेको छ । ठाकुर र देवानको मिलेमतोमा अंजुमन सामुदायीक वनमा ब्यापक रुपमा काचा सालका रुख काटिएको भएपनि सो बिषयमा छानबिन गर्न डिभिजन वन कार्यालयले समेत बेवास्ता नगरेको स्थानीयले बताएका छन् ।