जनकपुर,१२ माघ /प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गर्नुभएको छ ।
उहा“लाई आफनो पार्टी समाजवादीको साथ छ तर सत्ता साझेदार राष्ट्रिय जनता पार्टी (राजपा) स“ग छलफल हुन बा“की छ ।
स्रोतका अनुसार मुख्यमन्त्री राउत राजपाका तीन मन्त्रीको कामप्रति सन्तुष्ट हुनुहुन्न । राजपाले उनीहरुलाई हटाएर नयाँ अनुहार सरकारमा पठाओस् भन्ने मूख्यमन्त्री राउतको चाहना छ । प्रदेश २ मा समाजवादी र राजपा गठबन्धनको सरकार छ । दुबै दलबाट ३÷३ जना मन्त्री र ३÷३ जना राज्यमन्त्री छन् । राज्यमन्त्रीलाई कायम राख्दै तीन मन्त्रीलाई फिर्ता बोलाउन राजपाको नेतत्वलाई आग्रह गर्ने मुख्यमन्त्रीको तयारी छ ।
राजपाबाट संसदीय दलका नेता समेत रहेका जितेन्द्र सोनल भौतिक पूर्वाधार तथा विकास, नवलकिशोर साह सामाजिक विकास र रामनरेश राय यादव उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन् । राजपाका मन्त्रीहरुका कारण सरकार नै बदनाम भएको समाजवादी पार्टीका मन्त्रीहरुको तर्क छ । गत आर्थिक वर्षमा राजपाका मन्त्रीहरुले बाँडेका योजनाको भुक्तानी हुन नसकेको सन्दर्भमा प्रदेश सरकार अत्याधिक बदनाम भएको उनीहरुको दावी छ । गत आर्थिक वर्षमा ब“ँडिएको ८ सय ४२ वटा योजनाको ९१ करोड भुक्तानी हुन बाँकी छ ।
गत वर्षको योजनाको यो वर्ष भुक्तानी दिन नमिल्ने कर्मचारीको तर्क छ । सभामुख सरोजकुमार यादव नेतृत्वको उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन गर्दै काम गरे वापतको भुक्तानी दिन निर्देशन दिएपनि अहिलेसम्म उपभोक्ता समितिहरुले रकम पाएका छैनन् ।