रौतहट ११ बैशाख । उच्च कार्य सम्पादन गर्ने रौतहट जिल्लाका २ प्रहरी सहित प्रदेश २ का १२ जना प्रहरी अधिकृतहरु नगद पुरस्कार सहित पुरस्कृत भएका छन । सुम्पिएको जिम्मेवारी उच्च व्यवसायीक कार्यकुशलता पुर्वक निर्वाह गर्दै समग प्रहरी संगठनकै छवि उच्च राख्न उल्लेखनीय भुमिका खेलेवापत २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले उनीहरुलाई पुरस्कृत गरेको हो । रौतहटबाट नगद सहित सम्मानित हुनेमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेम बहादुर शाही तथा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रबिराज खडका रहेका छन । पछिल्लो समय इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले चन्द्रपुर नगरमा शान्ती सुरक्षा कायम गर्न विभिन्न सकारात्मक कदमहरु चाल्नुभएको थियो । सोही क्रममा बिप्लव समुहको रौतहट जिल्ला सेक्रटरी दिर्शना कुमारी शाही र जिल्ला सस्दय दुर्गा बहादुर बल विभिन्न दस्ताबेज सहित पक्राउ परेका थिए भने बिप्लव समूहका रौतहटका जिल्ला इन्चार्ज कुमार राई र सो समुहका भातृ संगठन नेपाल युवा संघ रौतहटको जिल्ला अध्यक्ष छम बहादुर गुरूङलाइ प्लास्टिक हेण्डग्रिनेट थान १ थान, नलकटुवा पेस्तोल १ थान, जंगी राउण्ड २ थान सहित पक्राउ परेका थिए । यसरी शान्ति सुरक्षा कायम गर्नमा उल्लेख्य भुमिका खेलेको भन्दै अभिलेख मा जनिने गरी नगद रु १४ सय सहित चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक शाही पुरस्कृत हुनुभएको हो ।