काठमाण्डौ/ गायक तथा संगीतकार सुर्य कमल राईको जिन्दगीको लामो सफर सकिन्छ कि यसै, छैठो मा लेख्छ भन्छन भावीले मेटिन्छ कि यसै भन्ने बोलको गीतको रेकर्डिंग हिजो आईतबार सम्पन्न भएको छ ! सुर्य कमल राईको स्वर/सङ्गीत रहेको उक्त गीतको रचना चलचित्र निर्देशक तथा रचनाकार एन.बी.अञ्जानले गरेका छन् ! ललितपुर एकान्तकुना स्थित रिङ्ग स्टुडियोमा रेकर्डिंग सम्पन्न भएको सो गीत अहिलेको परिस्थितीमा आम दर्शक र स्रोताको मनको भावना ब्यक्त गर्ने मर्म स्पर्शी भएकोले पक्कै पनि सबैले मन पराइदिनु हुन्छ भन्ने विश्वास हामीले लिएको गायक राईले बताए ! विश्वव्यपी माहामारीको रुपमा रहेको कोभिड-१९ कोरोनाबाट नेपाल पनि त्रसित बन्दै गरेको अवस्थामा यसको मर्मलाई समेटेर गीत तयार पारेको रचनाकार एन.बी.अञ्जानले तराई एक्सप्रेसलाई बताएका छन् ! नेपाली चलचित्र जगतमा निर्देशकको रुपमा छुट्टै पहिचान बनाई सकेको एन.बी.अञ्जान अहिले आफ्नो नेपाली चलचित्र इन्काउन्टरको च्यारिटी शो को शिलशिलामा पोर्चुगलमा रहेका छन ! उनले कोरोनाको कहरले मानव जीवनमा निम्त्याएको डरलाई आफुले पनि नजिकबाट महशुस गर्दै यो गीतको रचना गर्न पुगेको अञ्जानले म्यासेज मार्फत जानकारी दिएका छन ! साथै उक्त गीतको फिमेल भर्सनमा चर्चित गायिका तृप्ती खड्काको स्वरमा रेकर्डिंग गर्ने तयारी गरिरहेको समेत गायक राईले बताएका छन् !