गरुडा,५ भदौ । अनैतीक यौन सम्बन्धका कारण एकजना युवाको घांटी रेटी हत्या भएको खुल्न आएको छ । ६ दिन पहिला एक युवकको घाटी रेटी हत्या भएको अवस्थामा शव बरामद भएपछि अनैतिक सम्बन्धका कारण ती युवाको हत्या भएको रहस्य सहित हत्यामा संलग्न सातजनालाई प्रहरीले सार्वजनिक गरेको छ । रौतहटको गरुडा नगरपालिकामा घांटी रेटेर निर्ममतापुर्वक २० बर्षिय दलित युवक निरन्जन रामको हत्यामा संलग्न सात जना व्यक्तिलाई इलाका प्रहरी कार्यालय गरुडाले विहिवार सो तथ्य सहित सातजनालाइ सार्वजनिक गरेको हो ।
ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोको अनुसार गरुडा नगरपालिका ८ बसविटी जिगडियाका नन्दलाल राम चमारको २० बर्षिय छोरा निरन्जनको सो गाउका २२ बर्षिय शेख अजादको घरको महिलासंग अनैतिक सम्बन्ध रहेको हुदा योजनाबद्ध तवरबाट २० बर्षिय अजयकुमार रंजन, १९ बर्षिय विवेक कुमार यादव, १९ बर्षिय अर्जुन राम, २० बर्षिय सिकिन्द्र राम, १९ बर्षिय विजय महरा, सहित सात जना मिलेर हत्या गरेका हुन ।
ईलाका प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिएसपी महतोले युवक रामको अनैतिक सम्बन्धको कारण योजनाबद्ध तवरबाट धारिलो हतियारबाट घाँटी रेटेर भएको हत्यामा संलग्न सात जनालाई सार्वजनिक गरी ज्यान सम्बन्धी कसुरमा भदौं १ गते सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जानकारी दिएका छन ।
घांटी रेटेका अजादको बाया हातको चोर औला काटिएको छ र मृतक निरन्जनको मोवाइलको कल डिटेलको आधारमा अजादलाई नियन्त्रणमा लिएपछि सवै कुरा खुल्न आएको डिएसपी महतोले बताए ।