ओम प्रकाश यादव
रौतहट, ५ भदौ । नेकपाका नेता एवं कटहरियाका चर्चित व्यापारी नश्रुदिन अन्सारी कोरोनाभाइरसलाई जितेका छन् । कोरोनाभाइरसको संक्रमण देखिएपछि आइसोलेसनमा बसेका अंसारीको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो । उनले ११ दिनमै कोरोनालाई जित्न सफल भएका हुन् । उनले आज आफ्नो दास्रो कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका हुन् । सधै समाजसेवामा समर्पित रहने नेता अन्सारीलाई कोरोना पोजेटिभ भएपछि कटहरिया बहुमुखी क्पाम्पसमा सञ्चालित आइसोलेसनमा बसिरहेका थिए । उनले कोरोना जितेपछि पत्रकार संग भएको कुराकानीमा भने सामाजिक दुरी कायम गरौ अनावश्यक बाहिर नजाउ, मास्क र सनिटाईजरको प्रयोग गरौ, कोरोना लाग्दै मा भयभित न बनौ उच्चमनोबल राखी एकार्का प्रति माया सद्भाव राखेर स्वयम्अनुशासित भएर डाक्टरको सलाह बमोजीम नियमित कार्य गरौ, कोरोना आफै भागेर जान्छ । कोरोना संग डर्ने हैन लडने हो । यसैविच समाजसेवी अन्सारीसँगै आइसोलेसनमा बसेका ९ जना उनीसँगै कोरोना जितेर घर फर्केका छन् । जिल्लाको कटहरिया बहुमुखी क्याम्पस कटहरियाको आइसोलेसनमा उपचार गराइरहेका १० जना कोरोना जितेर घर फर्किएकोे छ । शुक्रवार विहान १० बजे कोरोना जितेर फर्किएका सबैजना कटहरिया नगरपालिकाकै रहेको नगर उपप्रमुख नुरजहाँ खातुनले बताएकी छिन । ११ दिनको आइसोलेशन बसाईपछि उनिहरु कोरोना मुक्त भएर घर फर्केको हो । उनीहरू सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि टीका र माला लगाएर घर पठाइएको छ ।