वीरगञ्ज १० भदौ । वीरगञ्जको कोभीड अस्पतालमा उपचाररत बाराका दुई जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नारायणी अस्थायी विशेष कोरोना हेल्थ केयर अस्पतालमा कलैया उपमहानगरपालिका र विश्रामपुर गाउँपालिकाका दुई पुरुषको मंगलबार राती उपचारको क्रममा ज्यान गएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका १ का ६६ वर्षका पुरुष र बिश्रामपुर गाउँपालिका १ छतवाका ४२ वर्षका पुरुषहरू रहेको मिश्रले बताएका छन् ।