रुपेन्द्र पटेल ,चन्द्रनिगाहपुर,२६ भदौ ।
रौतहट जिल्लााबाट झुठो विबरण पेश गरेर नेपाली नागरिकता लिने एकजना ब्यापारी हेटौबाट पक्राउ परेपछि त्यस्ता अन्य नागरिकताको समेत छाविन हुनुपर्ने माग उठन थालेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा एक उद्योगी पक्राउ परेसंगै रौतहटको चन्द्रनिगाहपुरमै रहेका त्यस्ता अन्य ब्यापारीको समेत नगरिकता छानविन हुनुपर्ने माग उठन थालेको छ ।
रौतहट जिल्लाको चन्द्रनिगाहपुर लगाएतका स्थानबाट २०६३ सालमा नागरिकताको घुम्ती टोलीबाट नागरिकता लिनेमा अधिकांस ठुला ब्यापारी रहेका कारण उनीहरुको समेत नागरिकताको बिषयमा खोजबिन हुनुपर्ने सन्तपुरका स्थानीय बासिन्दा तथा नेकपा जिल्ला कमिटि सदस्य बिनोद चौधरीको भनाइ रहेको छ । २०६३ सालमा नागरिकताको घुम्ती टोलीबाट जिल्लाका बिभिन्न स्थानबाट नक्कली बाबु आमा खडा गरेर पैसा खुवाइ नागरिकता लिएकाहरु यतीबेला चन्द्रपुर नगरपालिकाको ठुला ब्यापारी समेत रहेकाले उनीहरुको नागरिकता माथि छानविन हुनुपर्ने चौधरीको भनाइ रहेको छ ।
स्थानीयको उजुरी पछि जिल्ला अदालत रौतहटको पक्राउ पूर्जी र जिल्ला प्रहरी कार्यालय रौतहटको पत्रको आधारमा मंगलवार हेटौडा उपमहानगरपालिका—५ बाट ५९ वर्षीय विप्लप कान्ति (विके बोस) पक्राउ परेका हुन् । हेटौडा–५ गदोईस्थित उद्योगबाट मकवानपुर प्रहरीले नागरिकता मुद्दामा विके बोसलाई पक्राउ गरेको हो । अदालतको पक्राउ पूर्जी र रौतहट प्रहरीको पत्रको आधारमा पक्राउ गरेको र स्वास्थ्य परीक्षण गरी थप अनुसन्धानका लागि रौतहट पठाईने मकवानपुर प्रहरीले जानकारी दिएको छ । बोस हेटौडा औद्योगिक क्षेत्रमा रहेको सुपर लेमिकोट्स प्रालि र हेटौंडा–५ गर्दाेइमा रहेको नारायणी मिल्कका सञ्चालक हुन् । उनले २०६३ सालमा नागरिकताको घुम्ती टोलीबाट वंशजको नागरिकता लिएको जिल्ला प्रशासन रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताए । बोसले २०६३ चैत ६ गते तत्कालीन वडहर्वा गाविस वडा नम्बर ५ बाट नागरिकता लिएको खुलेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा उनको नागरिकतामाथि छानविन गर्न गृहमन्त्रालयले २०७६ माघमा पत्रचार गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परे पश्चात उनको नागरिकतामाथि छानविनको लागि गृह मन्त्रालय हुदै प्रशासन कार्यालयमा जानकारी आएको थियो ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा दोहोरो नागरिकताधारीहरुले समेत यहा“ ब्यापार ब्यावसाय गरेर बसेको र उनीहरुको एकातिरको नागरिकताको बिषयमा समेत छानबिन हुनुपर्ने स्थानीयको भनाइ रहेको छ ।