चन्द्रपुर,१२ असोज । नदीजन्य पदार्थको ढुवानी गर्न दिनुपर्ने माग राख्दै यहाका ट्याक्टर व्यवसायीहरुले चन्द्रपुर नगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।
उनीहरुले नगरपालिकाको मुख्य गेटमा ट्याक्टर राखेर मेयरको गाडी समेत भित्र पस्रुन दिएनन् । यस क्षेत्रमा रहेका ५०÷६० वटा ट्याक्टर मजदुरहरुले बिहान १० बजेदेखि नै नगरपालिकाको कार्यालय घरेर बसेका हुन् । वर्षाको समयमा नदीजन्य बस्तुको ओसार पसारमा रोक लगाए पनि असोज १ गतेबाट खुला नभएपछि व्यवासयीहरु आन्दोलिन भएका हुन् । चन्द्रपुर नगरपालीकाले समयमा नै नदीजन्य बस्तुको ठेक्का नलगाएकाले खोलाबाट बालुवा, गिटि निकासी हुन पाएको छैन ।