गौर,१९ असोज । रौतहटको सिमा नाका बोर्डर खुलाउन प्रधानमन्त्रिलाई आइतबार ज्ञापन पत्र बुझाएको छ । रौतहटका स्थानिय ब्यापारीहरुको दैनिकी असहज भएकाले निश्चित मापदण्ड अनुसार बोर्डर खुलाउनु पर्ने स्थानियले माग गरेका छन् । कोरोना भाइरसको संकटमा घरमा बसेरै बन्दाबन्दिको पुर्ण रुपमा पालना गरेको र हाल कोरोना संकट रौतहटमा सामन्य भएकाले बोर्डर खुलाउनु पर्नेमा ब्यावसायीहरुले प्रमुख जिल्ला अधिकारीद्धारा प्रधानमन्त्रिलाई आग्रह गरेका छन् । रौतहटमा कोरोना सामान्य भएसंगै रौतहटका विद्यालय , अदालत , प्रशासन , मालपोत लगायत सरकारी तथा गैर सरकारी सम्पुर्ण कार्यालयहरु सञ्चालनमा आइसकेको अबस्थामा रौतहट बोर्डर बन्द गरि रहनु उचित नभएको उनीहरुको ठम्याइ रहेको छ । हिन्दुहरुको महान पर्वहरु विजया दशमी , शुभ दिपावली , छठ पर्वहरु नजिकिएसंगै सहज आवगमन गराउन प्रधानमन्त्रिसंग स्थानियले ज्ञापन पत्रद्धारा आग्रह गरेका छन । रौतहट खुल्ला सिमा भएका कारण अबैध चोरी निकासी विभिन्न चोर नाकाहरुबाट भइरहेकाले बोर्डर सिल मात्र गरेर सर्वसाधरणलाई असहज भएको जनाइएको छ । सात महिनादेखि सिमा बन्द भएकाले आफुहरुलाई उकुसमुकुस भएको भन्दै सिमा नाका खुलाउनु पर्नेमा स्थानियले जोड दिएका छन ।