२९ असार, काठमाडौं । सुनसरी र मोरङमा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे सार्वजनिक गरेको सूचना अनुसार पछिल्लो तीन घण्टायता सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा आसपास अति भारी वर्षा भएको छ । थप वर्षा हुने पूर्वानुमानसमेत गरिएको छ ।








