चन्द्रपुर,२६ बैशाख ।
रौतहटको गुजरा नगरपालिकाको पूर्व उपप्रमुख रौशन खातुनलाई नेपाल सरकारले दुई वर्षका लागि हज समितिको सदस्यमा मनोनित गरेको छ । मन्त्री स्तरको निर्णयबाट उनलाई सदस्यमा मनोनित गरिएको हो ।
नेपाल सरकार गृह मन्त्रालय गृहमन्त्री स्तरको निर्णयबाट २०८१ वैशाख २३ गतेदेखि लागू हुने गरी रौसन खातुनलाई हर समितिको सदस्यमा मनोनित गरिएको हो ।
गृहमन्त्री रवि लामिछानेले हज समितिको सदस्यमा मनोनित खातुनलाई सफल कार्यकालको बधाई दिँदै आफ्नो काम सफलतापूर्वक सम्पन्न गर्नका लागि हज समितिको सदस्यमा मनोनित गरेका बताएका थिए । रौतहटको गुजरा नगरपालिकाको पूर्व प्रमुख समेत रहेकी रौसन खातुनले उपप्रमुख हुँदा समेत नगरमा राम्रो काम गरेर जनताको मन जित्न सफल भएकी थिइन् ।








