काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।
रुघा, खोकी, ज्वरो र सास फेर्न गाह्रो हुने समस्या देखिएपछि बुधबार नेता नेपाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए। त्यहाँ क्याबिन उपलब्ध नभएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ।
उनको उपचार भने त्रिवि शिक्षण अस्पतालकै छातीरोग विशेषज्ञ चिकित्सकहरूको टोलीले गरिरहेको छ। अस्पतालका अनुसार नेता नेपाललाई घ्यार–घ्यार हुने समस्या पनि देखिएको छ।
बिहीबार बिहान नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू अस्पताल पुगेका थिए।
यसैबीच, त्रिवि शिक्षण अस्पतालको भीआईपी क्याबिन नम्बर ६०१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपचाररत रहेका छन्।