गौर, १ चैत । रौतहट प्रहरीले करिब एक बिगाहामा लगाएका अफिमको खेती नष्ट गरेको छ । जिल्लाको मौलापुर नगरपालिकामा एक बिगाहामा लगाइएको प्रतिबन्धित लागुऔषध अफिमको खेती शनिबार नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटलाई प्राप्त भएको गोप्य सुचनाको आधारमा रौतहट प्रहरी प्रमुख एसपी सिद्धीविक्रम शाहको कमाण्डमा गएको प्रहरी टोलीले जिल्लाको मौलापुर नगरपालिका वडा नं—७ स्थित सबैया पिपरीयाको विभिन्न स्थानमा लगाएको करिव एक विगहा क्षेत्रफलमा लगाइएको अफिमको बिरुवालाई नष्ट गरेको रौतहट प्रहरी प्रमुख शाहले बताएका छन् । कानूनी रूपले पूर्ण बन्देज रहेको अवैध लागुऔषध अफिमको खेतीको बारेमा जानकारी आएपछि प्रहरीले बिरुवाहरु नष्ट गरेको प्रहरी उपरिक्षक शाहले बताए । प्रहरीको आ“खा छल्न मकैबारी को बीचमा लगाइएको सात हजार अफिमको बिरुवा सहित एक कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा समेत नष्ट गरि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।








