रौतहट, १ चैत । रौतहटको चन्द्रनिगाहपुरमा मिस्टर एण्ड मिस रौतहट आईकन २०२१ सिनियर र जुनियरको ट्यालेन्ट राउन्ड कार्यक्रम सम्पन्न भएको छ । कोडा (KODA) नामक संस्थाको आयोजनामा भएकोको उक्त कार्यक्रममा ४ बर्ष देखि २३ वर्ष उमेर समुहका ३० जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो ।
शनिवार गौतम होटलको सभाहलमा सम्पन्न सो कार्यक्रमले कोरोना भाईरसबाट जनमानसमा पर्न गएको नकारात्मक असरलाई केही हदसम्म भुलाउने उद्देश्यले कार्यक्रम लिएर आएको संस्थाकी संयोजक दिपिका थापाले बताएकी छन् साथै उनले आउदो चैत ७ गते अशोका प्यालेसमा ग्रान्ड फिनाले हुने कुराको समेत जानकारी गराएकी छन् । प्रतियोगितामा प्रथम, द्वितीय, त्तृतिय तथा सान्तवना हुनेलाई आकर्षक पुरस्कार र विभिन्न म्युजिक भिडियोमा खेल्ने अवसर समेत प्रदान गर्ने आयोजक संस्थाले जानकारी दिएका छन् ।