मानव शरीरको ७० प्रतिशत भागमा पानी हुन्छ । रगत, मांसपेशी, हड्डी सबैमा पानी हुन्छ । पानीले खाना पचाउने, रगत बनाउन, डिहाइड्रेसन तथा पानीको कमी हुन नदिन र शरीरमा भएको खराब वा अनावश्यक विषाक्त तत्वहरु निकाल्न मद्दत गर्छ । जुन पसिना र पिसाबबाट बाहिर निस्कने गर्छ ।
शरीरमा पानीको कमी भएमा विभिन्न समस्या हुन्छ ।








