१९ साउन, धनगढी । कञ्चनपुुरमा दुई जना मृत भेटिएका छन् । शुुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकामा बिहीबार दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

शुक्लाफाँटा नगरपालिका–८ को धारापानीमा ४ वर्षीया बालिका पोखरीमा डुबेको अवस्थामा मृत भेटिएकी छन् । मृत भेटिनेमा स्थानीय राजेश धामीकी ४ वर्षीया छोरी अनु धामी रहेकी छन् ।