बारा । सशस्त्र प्रहरीले बाराको सीमा क्षेत्रबाट बोरामा राखेर भरततर्फ लैजाँदै गरेका दुई बालबालिकालाई उद्धार गरेको छ । आइतबार प्रहरी टोलीले दुई बालबालिकालाई उद्धार गरेको हो ।
बारा देवताल गाउँपालिका ३ नन्की अमुवा बस्ने शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र स्थानीय प्रेमचन्द्र महत्तोको २ वर्षीय छोरा सत्यमकुमार महत्तोलाई प्रहरीले उद्धार गरेको हो ।








