अशोक पहाडी
रौतहट,३ मंसिर ।
अबैध हतियार बरामद गरि मुचुल्का उठाउने क्रममा रौतहटको यमुनामाई गाउपालिकामा सशस्त्र प्रहरी माथि ढुंगामुडा भएको छ ।
सो गाँउपालिकाको वडानं –३ मल्हेनिया टोलमा शनिबार स्थानियले शसस्त्र प्रहरी माथि ढुगामुडा प्रहार गरेका हुन ।
ढुंगामुडा प्रहारबाट शसस्त्रको गाडीमा क्षति पुगेको छ । ढुगाले लागेर केही सुरक्षाकर्मि घाईते भएको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालय ईन्टेलिजेन्स ब्यूरो टोलीको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ हडक्वाटर रौतहटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अमर लामाको कमाण्डमा खटिएको ५४ जनाको टोलीले यमुनामाई गाउपालिका– ३ मल्हनिया स्थित १९ बर्षिय शेख एजाज अहमदको घर खानतलासी गर्दा अबैध रुपमा लुकाई राखेको मेडईन यूएसए पेस्तोल–२ थान, मेडइन ईन्डिया पेस्तोल–१ थान , पेस्तोलको म्यागजिन–६ थान, वाल राउण्ड १३ थान, एयर गन–१ थान बदामद गरेको थियो ।
अबैध हतियार बारे शसस्त्र प्रहरीको ईन्टेलिजेन्स ब्यूरोले सुचना पाए पछि रौतहट आएको थियो । शसस्त्रले छापामारी गर्नु अघि नै अहमद फरार भईसकेका थिए । हतियार बरामद पछि मुचुल्का गर्न गएको शसस्त्र प्रहरीको टोली माथि स्थानियले ढुगा प्रहार गरेका थिए । हतियारसहित मोबाइलको सिमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकता समेत बरामद भएको छ । हतियार बरामद पछि शसस्त्र प्रहरीको टोली माथि महिला तथा बालबालीकाहरुले ढुगा प्रहार गरेको थियो ।
त्यस क्रममा शसस्त्र प्रहरीका ४ जना समान्य घाईते भएको ११ नम्बर गणले जनायो । ढुगा प्रहारबाट शसस्त्र प्रहरीकोे द्यब्द्य घद्दडण् नम्बरको गाडीमा क्षति पुगेको छ । शसस्त्र प्रहरीको सुरक्षा बेश देवाहीको ना १ झ ७९७ नम्बरको टाटा टेलको गाडीको पछाडीको सिसा फुटेको छ । प्रदेश ०३–००१ ब ३९९ नम्बरको अपाचे मोटरसाईकलमा समेत क्षति पुगेको छ । स्थिति तनाब बने पछि ईलाका प्रहरी गरुडाबाट थप मद्धत पुगेको थियो । शसस्त्र प्रहरीले फरार अहमदको खोजी सुरु गरेको छ ।