रौतहट,६ मंसिर । समाचकेवा महोत्सव तथा कार्तिकेश कुबंर मेला आउदो मंसिर ११ गते बाट १९ गते सम्म सन्तपुरमा हुने भएको छ । विशेष गरेर थारु समुदायले मनाउने समाचकेवा महोत्सव तथा कार्तिकेश कुंबर मेला बिगत ४६ बर्ष देखि मनाउदै आएको चन्द्रपुर नगरपालिका वडानं ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिए । मेलामा विभिन्न खेल तमासा का सथै थारु संस्कृतिको प्रर्दशनी हुने मेला आयोजक समितिका अध्यक्ष रेमन चौधरीले जानकारी दिए । मेलमा खुल्ला डान्स प्रतियोगिताको आयोजना समेत हुने छ । मेलामा स्थानीय उत्पादनको व्यापार प्रवर्द्धनका लागि स्टलको समेत व्यावस्था गरिएको छ । ठुला चाड पर्व सकिएसंगै खेतको काम सकेर थारु समुदायले मनोरञ्जनका लागि मेलाको आयोजना गर्ने गरेका छन । मेलाको तयारी लगभग पूरा भएको र बाहिर बाट मेलामा व्यापार गर्न आउनेका लागि आवश्यक स्टलको व्यावस्था गरिएको मेला आयोजक समितिले जनाएको छ ।