रौतहट,१६ मंसिर । चन्द्रपुर १ मा रहेको गोल्मा राजाको दरबार भएको स्थानमा अज धुमधामका साथ बुद्ध मुर्ति स्थापना हुने भएको छ । दरवार रहेको तल्लो भाग टुडिखेलमा गोल्मराजा बुद्ध बिहार निर्माणको काम अगाडि बढेको छ । थाईल्याण्डका राजाको सहयोगमा सो स्थानमा २ करोड लागतमा बनेको साँडे ९ फिटको बुद्ध मुर्ति आज बिषेश कार्यक्रमका साथ स्थापना हुने स्थानीय बासिन्दा गोपाल घिमिरेले बताए ।
बौद्ध भिच्छु मेधमकर स्तवीर भन्तेको सक्रियतामा सो स्थानमा बौद्ध ध्यान केन्द्र समेत निर्माणको काँम थालनि भएको छ ।
गोल्मराजा बुद्ध बिहार निर्माण भईरहेको स्थानमा भिउ टावर निर्माण गरिएमा बिहारको सितामाढी सम्मको सहर सहजै अवलोकन गर्न सकिने अर्का स्थानीय बासिन्दा समीरबाबु कार्कीको भनाइ रहेको छ ।
बौद्ध भिच्छु मेधमकर स्तवीर भन्तेले सो स्थानमा बाईसी ,चौबिसी राज्य रहेको तत्तकालिन समयमा गोल्मा नामका सेन बंशिय राजाको दरवार रहेको बताउदै सो स्थानलाई धार्मिक पर्यटकिय स्थल बनाउन आफु लागि परेको बताए ।
थाई राजाको सहयोगमा आएको बुद्धको मुर्ती आज सो स्थानमा स्थापना हुने छ ।
सो स्थानमा रहेको वन जंगल संरक्षण गर्दै जंगलमै ध्यान केन्द्र बनाउका लागि बौद्ध भिच्छु मेधमकर स्तवीर भन्ते लागि पारेकाछन् ।
गोल्मराजा बुद्ध बिहारको काम स्थानीय बासिन्दाको सहयोगमा अगाडि बढे पछि गोल्म राजाको दरवारको बिषयमा स्थानीयले समेत चासो दिन थालेकाछन् ।








