रौतहट,१६ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका वडानं १ मा रहेको गोल्मा राजा बौद्ध बिहारमा २ करोडको लागतमा बनेको बुद्ध भगवानको मुर्ति स्थापना गरिएको छ । शनिबार नेपाली सेना तथा स्थानीय बासिन्दाको सहयोगमा थाई सरकारको सहयोगमा बनेको बुद्ध मुर्ति बोकेर लागि स्थापना गरिएको हो । साडे ९ फिट उचाईको बुद्ध भगवानको मुर्ति भब्य कार्यक्रमका साथ स्थापना गरिएको हो । बौद्ध भिच्छु भान्ते मेधंकर स्तविरका अनुसार सो स्थान करिक ३ सय बर्ष पहिला सेनबंशका राजाको दरबार रहेको स्थानमा गोल्मा राजा बौद्ध बिहारको स्थापना गरिएको हो । सो स्थानलाई धार्मिक पर्यटकिय स्थाल बनाउनुका साथै ध्यान केन्द्रका रुपमा विकास गर्दै लाने तयारी स्वरुप आज थाइल्यान्ड सरकारको सहयोगमा आएको बुद्ध भगवानको मुर्ति स्थापना गरिएको चन्द्रपुर १ का पुर्व वडा अध्यक्ष बिरु रखालले जानकारी दिए । सो स्थानमा रहेको गोल्मा राजाको दरबारको भग्नावषेशलाई पुनर निर्माण गरेर सो स्थानलाई पर्यटकिय गन्तव्य बनाउने तर्फ,स्थानीय सरकार ,प्रदेश सरकार र केन्द्र सरकारले ध्यान दिनु पर्ने स्थानीय बासिन्दा गोपाल घिमिरेको भनाइ रहेको छ ।