पर्सा,१ फागनु । नेपाल कराते सङ्घ मधेश प्रदेशको दीक्षान्त समारोह आज एक कार्यक्रमका बीच उद्घाटन भएको छ । बीरगञ्ज सामुदायिक आँखा अस्पतालका संरक्षक बिन्देश्वर प्रसाद शाहले एक कार्यक्रमका बीच दीक्षान्त कार्यक्रमको उद्घाटन गरेका छन् ।

मधेस प्रदेशका करिब १०० जना ब्ल्याक बेल्ट लिने खेलाडीहरूको सहभागिता रहेको सो कार्यक्रममा विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । नेपाल छिचोरियो कराते सङ्घ मधेस प्रदेशका अध्यक्ष रामचन्द्र ठाकुरको सभा अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल चिथोरियो कराते सङ्घ मधेश प्रदेशका महासचिव कसम कुमार लामाले स्वागत मन्तव्य राखेका थिए । चार दिनसम्म चल्ने सो कार्यक्रममा नेपाल कराते महासङ्घका पूर्व प्रमुख प्रशिक्षक तुलसी महर्जन, नेपाल कराते महासङ्घ मधेस प्रदेशका रेफ्री काउन्सिल अध्यक्ष चित्रबहादुर पुलामी लगायतको उपस्थिति रहेको थियो । मधेस प्रदेशका आठवटै जिल्लाका सितोरियो करातेका ब्राउनबेल्ट खेलाडीहरूले ब्ल्याक बेल्ट लिनका लागि ४ बजेसम्म प्रशिक्षण लिनेछन् ।

कार्यक्रमको आउँदो फागुन ४ गते नेपाल कराते महासंघका महासचिव तथा सिटोरियो कराते संघका अध्यक्ष दावा गुरुङले एक कार्यक्रमका बीच समापन गर्ने कार्यक्रम रहेको नेपाल कराते महासङ्घ पर्साका अध्यक्ष राजेश्वर कुमारले जानकारी दिएका छन् ।