रौतहट, १ बैशाख । नेकपा माओवादी केन्द्रका नेता धीरज पटेल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । गएको निर्वाचनमा घसिया हथौडा चुनाव चिन्हबाट संघीय सांसदमा चुनाव लडेका पटेल एमाले प्रवेश गर्ने भएका हुन्। रौतहट क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका तर्फबाट संघीय सांसदका उम्मेदवार रहेका पटेल अन्तत नेकपा एमालेमा प्रवेश गर्न लागेका हुन् । रौतहटको मौलापुरमा चाँडै एक भव्य कार्यक्रमको आयोजना गरेर उनी एमाले प्रवेश गर्ने तयारी गरेको नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाले बताएका छन् । माओवादीबाट संघीय सांसदमा चुनाव उठेका पटेललाई माओवादीले नै धोका दिएपछि उनी चुनाव हारेको निष्कर्ष सहित एमालेमा प्रवेश गर्न लागेका हुन्।