रौतहट,१० बैशाख । सर्लाहीको चुरे क्षेत्रबाट बुधबार राति प्रहरीले लालबन्दी नगरपालिका–१ नवलपुरका २५ वर्षीय सुशील चौधरीलाई २ सय ४४ किलो गाँजासहित नियन्त्रणमा लियो । प्रहरी अनुसन्धानका क्रममा चौधरीले अहिलेसम्म गाँजाको मुख्य मालिकको नाम भनेका छैनन् ।
प्रहरीले भने मुख्य व्यक्ति नजिक पुग्ने प्रयास गरिरहेको दाबी गरिरहेको छ । गाँजा बरामदको यो पछिल्लो र सामान्य घटना मात्रै हो । यस्ता घटना सर्लाहीमा मात्रै होइन मधेश प्रदेशमा हरेक दिन दोहोरिइरहेका छन् । प्रहरीले गाँजा बरामद गरेका तथ्यांक केलाउँदा मधेश प्रदेशमा पछिल्लो दुई वर्षमा लागुऔषध गाँजाको कारोबार बढेको देखिन्छ । बुधबारको घटनामा सिन्धुलीको मरिनबाट सर्लाहीको लालबन्दी आउँदै गरेको बा२०च १७८२ नम्बरको पिकअप गाडी लालबन्दी नगरपालिका–१३ पत्थरकोटमा चेकिङका क्रममा नियन्त्रणमा परेको थियो । अनि यही गाडीमा थिए, सुशील चौधरी । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकका अनुसार भुसको बोरामुनि लुकाई ल्याउँदै गरेको ४५ पोका गाँजासहित चौधरीलाई नियन्त्रणमा लिइएको हो । मधेशमा गाँजा ओसारपसारका घटना कति बढिरहेका छन् भनेर बुझ्न आर्थिक वर्ष २०८०÷०८१ र २०८१÷०८२ को तथ्यांक केलाउँदा नै काफी हुन्छ । मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार प्रदेशका ८ जिल्लामा २०८०÷०८१ मा ८ हजार ५ सय ४० किलो ९५० ग्राम गाँजा बरामद गरेको छ । २०८१÷०८२ मा भने प्रहरीले अघिल्लो वर्षभन्दा झन्डै चार हजार किलो बढी अर्थात् १२ हजार ३ सय ९१ किलो ६ सय ६ ग्राम गाँजा बरामद ग¥यो । यो तथ्यांकले मधेशमा गाँजा ओसारपसार कसरी बढिरहेको छ भनेर बुझाउँछ ।ःबमजभकज दभअबmभ तजभ ’जगद’ या नबलवब कmगननभिचक सर्लाही र सिन्धुलीको चुरे क्षेत्रमा व्यावसायिक रूपमा गाँजा खेती भइरहेको सूचना प्रहरीसँग छ । तर यस्तो खेतीमा को संलग्न छन् र उनीहरूले कसरी लामो समय लगाएर गाँजा उत्पादन गर्ने र अवैध रूपमा भारत पठाउने काम गर्न सकिरहेका छन् भन्नेबारे प्रहरीले विस्तृत अनुसन्धान गर्न सकेको देखिन्न । फलतः गाँजा तस्करीका घटना सार्वजनिक भइरहेका छन् ।
गाँजासहित पक्राउ परेकाहरूको बयानका आधारमा मकवानपुर, सिन्धुली, सर्लाही, पर्साजस्ता जिल्लामा उत्पादित गाँजाको प्रमुख बजार सीमावर्ती भारतीय बजार रहेको बुझिन्छ । बुधबारको घटनामा पक्राउ परेका चौधरीको मोबाइलमा विभिन्न व्यक्तिको नाम कोड भाषामा सेभ गरेको प्रहरीले फेला पारेको छ । प्रहरी निरीक्षक पाठकले गाजा सप्लायर्सको मुख्य मानिसको नाम नै कोड भाषामा राखेको हुन सक्ने सुनाए ।
रौतहटको ईशनाथ नगरपालिका–१ स्थित झोलुंगे पुलनजिक २०८१ चैत्र २६ गते राति प्रहरीले हतियारसहित एक जना गाँजा कारोबारीलाई पक्राउ ग¥यो । यो घटना भने अरूभन्दा फरक थियो । किनकि गाँजा तस्करहरूले हतियारको आडमा रेकी गरेर गाँजा भारत लैजाँदै थिए । यही घटनामा प्रहरीले गौर नगरपालिका–४ स्थित टिकुलियाका २१ वर्षीय सावन गिरीलाई गाँजा र हतियारसहित पक्राउ ग¥यो । झोलुंगे पुलको पश्चिमपट्टि केराबारीमा गौंडा कुरेर बसेको प्रहरी टोलीले सोही राति ४ जनाले टाउकामा प्लास्टिकको बोरा बोकेर हिँडेको फेला पारेको थियो । अगाडि–पछाडि केही मानिस टर्च बालेर गाँजा बोक्ने भरियालाई सुरक्षा दिइरहेका थिए । पुलको पश्चिमतर्फ केराबारीको बीच बाटो हुँदै भारततर्फ गाँजा बोकेर जाँदै गरेको देखेपछि प्रहरीले पहिचान गर्न टर्च बालेको थियो । त्यसपछि गाँजा बोकेकाहरू बोरा फालेर भागे । पिछा गर्दै जाने क्रममा प्रहरीले भुइँमा लडेको अवस्थामा गिरीलाई फेला पारेर नियन्त्रणमा लियो । उनको साथबाट प्रहरीले कटुवा पेस्तोल पनि बरामद ग¥यो । गिरीलाई पक्राउ गरेको ठाउँनजिकै प्रहरीले गाँजाले भरिएको ४ वटा बोरा फेला परे । बोराभित्र साना ११ वटा पोका थिए । पोकाभित्र झन्डै १ सय ९ किलो गाँजा रहेको प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए । गिरीलाई लागुऔषध तथा हातहतियार खरखजाना कसुरअन्तर्गत अदालतबाट म्याद थपेर अनुसन्धान गरेको छ । यो घटनामा गाँजा बोक्ने समूहका अन्य ६÷७ जना फरार भए ।
तराई–मधेशका जिल्लामा गाँजाको ओसारपसार बढ्न थालेपछि जिल्ला प्रशासन पर्साले यही चैत २७ बाट लागुऔषध रोकथाम तथा नियन्त्रणसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रम सुरुवात गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लालाई लागुऔषध सेवनको महारोगबाट बचाउन सबैलाई आग्रह गरेका छन् । प्रहरी र प्रशासनले पर्सा जिल्ला लागुऔषध कारोबारको ट्रान्जिट हब बनेको भन्दै यस्तो अभियान सुरु गरेको हो । प्रजिअ अर्यालले नयाँ पुस्तालाई लागुऔषध सेवनबाट बचाउनका लागि अभियान थालनी गरिएको बताए । उनले यस्तो अभियान एक्लैले गर्दा सार्थक नहुने भएकाले अब पालिकाको बजेट बनाउँदा आ–आफ्नो पालिकामा लागुऔषध समस्या सम्बोधनका लागि बजेट राख्न मेयर र उपमेयरलाई अनुरोध गरे ।