गौर,८ भदौ ।

सडक किनारमा भेटिएको सुटकेश डोरीले कस्सिएको अवस्थामा रहेको र त्यसभित्र साडी तथा चुरा देखिएको स्थानीयले बताएका छन् । सो कारण सुटकेशभित्र कुनै महिलाको शव हालिएको हुन सक्ने आशंका गरिएको छ । तर, सुटकेशमा के छ भन्ने विषयमा आधिकारिक रूपमा अहिलेसम्म पुष्टि भएको छैन ।

घटनास्थलमा तत्कालै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । सुरक्षाकर्मीले क्षेत्र नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाइएको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको र प्रहरीले औपचारिक जानकारी सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।