रौतहट,८ भदौ । गौरबाट सुटकेस भित्र बरामद भएको शवको पहिचान खुलेको छ l
रौतहटको गौर नगरपालिका– ९ गौर सिरसिया सडक किनारमा सुटकेसभित्र भेटिएको महिलाको शवको सनाखत भएको हो ।

सुटकेसमा डोरीले बाँधिएको अवस्थामा भेटिएको शव रौटहटको गौर २ महादेवपट्टी बस्दै आएकि २६ वर्षीया रुवीकुमारी साहको भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहको भारतको मजफरपुरमा विवाह भएको थियो । उनी हाल माइतीमा बस्दै आएकी थिइन् ।
उनि हिजो साझ ६ बजे देखि सम्पर्क बिहिन बनेको पारिवारिक श्रोतले जनआएको छ l ब्युटीपार्लर जान्छु भनेर हिडेकी उनि ६ बजे पछी सम्पर्क बिहिन भएकि थिइन् l
शव गएराति गौर नगरपालिका- ९ स्थित गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेटनजिकै भेटिएको थियो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।