चन्द्रनिगाहपुर, रौतहट । नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रले हर्षाहाबाट सञ्चालित जङ्लसैया फिडरअन्तर्गत पर्ने सम्पूर्ण क्षेत्रमा आगामी बिहीबार दिनभरि विद्युत आपूर्ति बन्द रहने जनाएको छ।
वितरण केन्द्रका अनुसार मिति २०८२ भदौ १९ गते बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म लाइनमा आवश्यक ‘बुस कटिङ’ (झाडी तथा रुख-पात सफाइ) गर्ने कार्य हुने भएकाले सम्पूर्ण क्षेत्रमा विद्युत आपूर्ति अबरुद्ध हुने भएको हो।
वितरण केन्द्रले यस कार्यका कारण हुने असुविधाप्रति क्षमायाचना गर्दै उपभोक्ताहरुलाई वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ।








