रौतहट,१९ भदौ । नेपाल सरकारले फेसबुक, युट्युब, ट्विटर ९एक्स० लगायतका सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण हुन दिएको सात दिनको म्याद बुधबार मध्यरातिसम्म सकिएको छ । अब दर्ता प्रक्रिया पूरा नगरेका प्लेटफर्मलाई क्रमशः बन्द गर्ने तयारी सरकारले गरेको छ ।

सञ्चार मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौडेलका अनुसार, आज मन्त्रीस्तरीय निर्णयमार्फत कुन–कुन प्लेटफर्म बन्द गर्ने भन्ने टुंगो लाग्नेछ । टिकटक, भाइबर, निम्बुज, विटक, ओपोलाइट सूचीकरण भइसकेका छन् भने टेलिग्राम र ग्लोबल लिंक प्रक्रियामा छन् ।

फेसबुक, युट्युब, ट्विटर, इन्स्टाग्राम, लिंक्डइनजस्ता लोकप्रिय सामाजिक सञ्जाल भने अझै दर्ता भएका छैनन् । निर्देशिका २०८० अनुसार सूचीकरण नभएका प्लेटफर्म जुनसुकै बेला बन्द गर्न सकिने व्यवस्था छ ।