काठमाडौं, १४ चैत — पूर्व गृहमन्त्री रमेश लेखक लाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार उनलाई भक्तपुरको कटुन्जेस्थित आफ्नै निवासबाट पक्राउ गरिएको हो। पक्राउ प्रक्रिया भर्खरै सम्पन्न भएको जनाइएको छ।
नयाँ सरकार गठनसँगै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि सोही आधारमा कारबाही अगाडि बढाइएको बुझिएको छ।
यस घटनासँगै पछिल्लो राजनीतिक तथा प्रशासनिक वृत्तमा तरंग पैदा भएको छ।