गौर,९ असार / मध्य असारको बेला विकास निर्माणको काम हत्याउन यतीबेला ठकेदार भनाउदा सक्रिय भएर लागेका छन् ।
चन्द्रपुर नगरपालिका वाडनं ९ मा बजेट कहा“बाट आउंने भन्ने कुरा ठेगान नभएको अवस्थामा एकजना ठेकेदार छदा“ खांदाको बाटो जतेका कारण स्थानीय बासिन्दालाई अवत जावत गर्न समस्या भएको छ ।
सिन्धुरेघारीमा रहेको सुर्योदय एकेडेमीबाट केशव लिम्बुको घर जाने बाटोको ग्रेबल सडक एक स्थानीय ठेकेदारले खनेर धुलाम्बे पारेको स्थानीयले बताएका छन् । मध्य असारमा अव बर्षा भएमा सो सडक भएर हिंडडुल गर्न समस्या हुने स्थानीयको भनाइ रहेको छ । सो सडक पिच गर्ने भन्दै कुमार तिलसिनाले जोतेको स्थानीयले जानकारी दिएका छन् । जोतियको सो सडक पिच गर्नका लागि कुन निकायबाट बजेट आउने भन्ने बिषयमा अहिले सम्म निर्णय भएको छैन । सो सडक पिच गर्नका लागि प्रदेश सरकारमा अनुरोध गरिएपनि पिचका लागि प्रदेश सरकारले रकम बिनियोजन गरेको छैन ।
सो सडकका लागि कुरा भएको भएपनि रकम बिनियोजन नभएको प्रदेश सरकारका एक उप सचिवले जानकारी दिएका छन् ।
उक्त सडकको कुरा आएको भएपनि पिच गर्नका लागि रकम बिनियोजन नभएको र अवको मन्त्री परिषदमा सो फाईल पठाउने तयारी भएको ती सचिवले तराई एक्सप्रेसलाई जानकारी दिएका छन् ।
रकम कहा“बाट आंउछ भन्ने कुराको जानकारी समेत नभईकन कुमार तिमलसिना नामका ठेकेदारले सडक खनेको स्थानीयको भनाइ रहेको छ ।
तत्काल प्रदेश सरकारले सो सडकका लागि बजेट नदिए र तत्काल बर्षा भएको खण्डमा स्थानीयलाई आवत जावतका लागि समेत समस्या हुने एक स्थानीयले बताए ।
तिमलसिना सिन्धुरेघारीका स्थानीय बासिन्दा हुन् । उनले नगरपालिकाको काम समेत लिएको र ती काम समेत गुणस्तरहिन भएको गुनासो बढदै जान थालेको छ । स्थानीयले भएको बाटो खनेर बिगर्ने ठेकेदारले तत्काल बाटो जस्ताको तस्तै बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रदेश सरकारले सो बाटो पिचका लागि बजेट बिनियोजन गरेको खण्डमा समेत बाटो खन्ने ठेकेदार बाटो पिच गर्नका लागि ठेक्का नपाउने जानकारहरुको भनाइ रहेको छ ।
प्रदेश मन्त्री परिषदले बाटोका लागि बजेट बिनियोजन गरेपनि सडक पिचका लागि प्रदेश सरकारलेनै सुचना प्रकाशन गरेर ठेक्का लगाउने प्रबधान रहेको जानकारहरुको भनाइ रहेको छ ।
२०७६ असार,९ असारको तराई एक्सप्रेस दैनिकमा प्रकाशित भएको समाचार ।
फाईल तस्बिर