चन्दपुर,८ असार ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्थापनाको ४० औ बर्षको उपलक्ष्यमा मजदुरहरुले चन्द्रपुर नगरको मुख्य चौकको सडक सफाई गरेका छन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर कार्य समिति चन्द्रपुरले स्थापना दिबसको अबसरमा मुख्य चौक सफाई गरेको हो । मुख्य चौकको दाया बाया र बीरेन्द्र राजमार्गको दुई सय मिटर सम्म मजदुरहरुले सफाई गरेका हुन । मजदुर हरुको सरसफाई कार्यक्रममा नेपाल प्रहरी, ससस्त्र प्रहरी र ट्राफिक प्रहरीले समेत साथ दिएका थिए । सधै फोहोर देखिने नगरको मुख्य चौक केही दिन यता सरसफाई भईरहेको छ । प्रधानमंन्त्रि स्वरोजगार कार्यक्रम अन्तर्गत भर्ना भएका मजदुरहरुले समेत चन्द्रपुर नगर सफाईमा जुटदै आएका छन । चन्द्रपुर नगरपालिका प्रमुख रामचन्द्र चौधरीले सडक क्षेत्रमा रहेका सटरहरुमा ब्यबसाय गर्ने ब्यबसायीहरुले समेत सफाईमा ध्यान दिन जरुरी रहेको बताए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष मनोज साहले आफनो संस्थाले समेत बार्षिक रुपमा नै सामाजिक कार्य गर्दै आएको बताए ।