जनकपुर,११ असार । प्रदेशनं २ को कुनै पनि जिल्ला कमिटीले पूर्णता पाएको छैन । प्रदेश सहइन्चार्ज विश्वनाथ शाहका अनुसार यो प्रदेशका सबै जिल्ला कमिटीले केही दिनमा पूर्णता पाउने बताए । ‘हामी छलफलमै छौँ । अब एक वा दुई दिनमा सबै जिल्ला कमिटीलाई पूर्णता दिने गरी काम गरेका छौँ’, उनले भने । यो प्रदेशअन्तर्गत सप्तरी जिल्ला अध्यक्षमा अशोक मण्डल र सचिवमा गोविन्द न्यौपाने, सिरहा अध्यक्षमा रामकुमार यादव र सचिवमा प्रमोदनारायण यादव, धनुषा अध्यक्षमा राजकिशोर यादव र सचिवमा श्रवण यादव, महोत्तरी अध्यक्षमा राजु खड्का र सचिवमा सौकिलाल यादव, सर्लाही अध्यक्षमा रेवती पन्त र सचिवमा डाचाराज वाग्ले, रौतहट अध्यक्षमा कमल यादव र सचिवमा युवराज भट्टराई, बारा अध्यक्षमा छत्रबहादुर श्रेष्ठ र सचिवमा सुन्दर विश्वकर्मा, पर्सा जिल्ला कमिटीको अध्यक्षमा प्रभु हजारा र सचिवमा विजय महतोको नेतृत्वमा जिल्ला कमिटी रहने छ ।
नेकपा रौतहटका सचिव युवराज भट्टराइले आफुले सचिव पदमा नबस्ने बताइ सकेका छन् ।