वीरगंज,१० असार । प्रहरीले पर्साको वीरगञ्जमा रहेको एक सुन पसलमा छाापा मारेको छ । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले छापा मारेको हो । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले नगद खोज्ने काम भइरहेको बताए । उनले भने, हामीलाई ठूलै रकमको सूचना थियो । तर अहिले ४० लाख ६ हजार मात्र भेटिएको छ । प्रहरी अवैध रकम हुण्डी कारोबारको हुन सक्ने आशंकामा प्रहरीले सुन पसलमा छापा मार्दा रकम सहित ८ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरु मध्ये २ जना भारतीय र ६ जना नेपाली छन । अनुसन्धानको क्रममा रहेकोले उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।